कैलाली । विपद जोखिम न्यूनिकरणका लागि सुदूरपश्चिम प्रदेश सरकारले अन्तर प्रादेशीय श्रोत साझेदारीमा एक्यबद्धता जनाएको छ । कैलालीको धनगढीमा अन्तर प्रदेश स्रोत साझेदारीलाई प्रभावकारी बनाउन निर्देशिका र समझदारी पत्रको खाका तयारी, क्षमता विकासका क्षेत्र पहिचान, विपद् पूर्व तयारी तथा प्रतिकार्यमा असल अभ्यास आदान प्रदान गर्न कार्यशाला सम्पन्न गर्दै प्रदेशले एक्यबद्धता जनाएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रम यूरोपेली आयोगको आर्थिक, युएनडिपि नेपाल, युनिसेफ नेपाल, युएन ओमन, हेन्डीक्याप ईन्टरनेसनलको प्राविधिक एवं स्थानीय साझेदार संस्था रुडुक नेपाल मार्फत SUPER-II परियोजना अन्तर्गत सम्पन्न भएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशको सरोकारवाला निकाय, सरकारी तथा गैरसरकारी संस्था र स्थानीय तहका प्रतिनिधिहरुको उपस्थिति थियो
।
कार्यक्रमका प्रमुख अतिथि तथा आन्तरीक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीले श्रोत साझेदारीका लागि नितिगत व्यवस्था पनि भएका कारण यसलाई अभ्यासको रुपमा लैजानु पर्ने बताउ । यसो गर्नका लागि सुदूरपश्चिम प्रदेश तयार रहेको उनले बताए ।
कार्यक्रमको अध्यक्षता गरि रहेका आन्तरीक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशका उपसचिव आमोद दाहालले समन्वयात्मक तयारीले श्रोत परिचालन र उद्धारलाई सहज बनाउने बताए । उनले पूर्वतयारी र कानुनी ढाँचा विषयमासमेत छलफल गरिएको जानकारी दिए । कार्यक्रमको सहजीकरण पूर्वसचिव शंकर कोईरालाले गरेका थिए ।
सुदूरपश्चिम प्रदेशको यस प्रयासले अन्तर प्रादेशीय श्रोत साझेदारीको प्रयासलाई टेवा पुगाएको छ । अगामि दिनहरुमा विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनमा यस कार्यक्रले महत्वपूर्ण भूमिका खेल्नेछ अपेक्षा लिईएको छ ।