धनगढी । कैलालीका विद्यालयमा विपद पूर्व तयारी कक्षा संचालन गरिएको छ । अभ्यास बिधि मार्फत भूकम्पिय सुरक्षा एवं पूर्वतयारी र घरायसी आगलागी सम्बन्धि कृतिम (नमुना) कार्यक्रम गरिएको हो । धनगढी उप–महानगरपालिका अन्र्तगतका २८ वटा विद्यालयमा विपद पूर्व तयारी अभ्यास कक्षा संचालन गरिएको छ ।
उप–महानगरपालिका भित्र हुनसक्ने विभिन्न प्रकृतिका विपद्हरुको पूर्वतयारी र प्रभावकारी रूपमा प्रतिकार्यका लागि समन्वयकारी भूमिका गर्न सकिने अवधारणा अनुरुप १९ वटै वडाका २८ सामुदायिक बिद्यालयहरुमा एक/एक दिने कृतिम पूर्वअभ्यास कार्यक्रम सम्पन्न गरीएको छ ।
विपद् प्रतिकार्यका दौरानमा गर्न सकिने भूूमीकाहरु, विपद् पूर्व, पश्चात र दौरानका अभ्यासहरुलाई धनगढी उप–महानगरपालिका, विपद् व्यवस्थापन शाखा, नगर प्रहरी, उप–महानगर अन्र्तगत रहेका २८ वटा माविका शिक्षक, विद्यार्थी, विभिन्न सरोकारवाला निकायहरुसंगै क्षेत्रगत जनशक्तिहरु समेटी यो कार्यक्रम संचालन गरीएको थियो ।
भूकम्पिय पुर्वतयारी एवं घरायसि आगलागी नियन्त्रणका दौरानमा प्रतिकार्य चरणलाई प्रभावकारी व्यवस्थापन तथा आपतकालिन अवस्थामा समन्वय गरी विपद् पुर्वतयारी र प्रतिकार्यसहित क्षती न्यूनीकरणमा विद्यालय स्तरमा रहेका स्वयंसेवक छात्र, छात्राहरुको महत्वपूर्ण भुमीका रहने धनगढी उप–महानगरपालिका विपद् सम्पर्क व्यक्ति दिपक भण्डारीले बताए ।
अभ्यास कक्षा संचालन कार्यक्रम धनगढी उप–महानगरपालिकाको आयोजना तथा यूरोपेली आयोगको आर्थिक, युएनडिपि नेपाल, युनिसेफ नेपाल, युएनवमन, हेन्डीक्याप ईन्टरनेसनको प्राविधिक एवं स्थानीय साझेदार संस्था रुडुक नेपाल र नेपाल रेडक्रस शोसाईटी कैलाली शाखा द्वारा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी Super-II परियोजना मार्फत गरीएको थियो ।
विभिन्न बिद्यालयमा सम्पन्न कार्यक्रमहरुमा उपस्थीत वडा अध्यक्षहरुले आगामी दिनमा विपद् प्रतिकार्यका लागि प्रविधि र मानवीय संशाधनको उचित परिचालन, विपद् प्रतिकार्यमा संलग्न सरोकारवाला विच प्रभावकारी समन्वय गर्नुकासाथै नियमित रूपमा विपद् व्यवस्थापनका कार्यहरुमा विद्यालय एवं आम जनसमुदायहरुलाई झक्झक्याउने खालका पूर्वतयारीका गतीबिधि संचालनलाई निरन्तरता दिनुपर्ने बताएका छन ।