डडेल्धुरा । बेमौसमी तरकारी उत्पादन गर्न परशुराम नगरपालिका वडा नं. ६ कुणा, छेलाका स्थानीयहरु लाई प्लाष्टिक उपलब्ध गराईएको छ । पोली हाउस भित्र तरकारी उत्पादन गर्न प्लाष्टिक उपलब्ध गराईएको हो ।
डडेल्धुरामा लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको गैरसरकारी संस्था ग्रामिण महिला बिकास तथा एकता केन्द्र (रुडुक) को आर्थिक सहयोगमा वडा कार्यालयले स्थानीयहरु लाई पोली हाउस निर्माणका लागि प्लाष्टिक बितरण गरेको वडा अध्यक्ष खगेन्द्र सिंहले जानकारी दिए ।
तरकारी उत्पादन गर्दै आईरहेका वडाका उत्कृष६ जना किसानलाई पोलिहाउस निर्माणका लागि प्लाष्टिक र १०५ परिवारलाई बेमौसमी तरकारीको बिउबिजन पनि उपलब्ध गराईएको उनले बताए ।
बिहिबार एक कार्यक्रमका बिच किसानलाई पोलिहाउस निर्माणका लागि प्लाष्टिक हस्तान्तरण गर्दै वडा अध्यक्ष खगेन्द्र सिंह ठकुरीले बाहिर बाट आयातित विषादीयुक्त तरकारी खानुको सट्टा स्थानीयस्तरमा आफ्नै बारीमा अर्गानिक तरकारी खेती गरि लाभ लिन सकिने र वडावासी एवं नगरवासीहरु समेत खुवाउन प्रेरित गरे । उनले पोलि हाउसको सही सदुपयोग गर्न पनी किसानहरुलाई आग्रह गरेका छन ।