डडेल्धुरा । दुर्गम चुडी गाउँका बालबालिकाहरु लाई ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक)ले शैक्षिक सामाग्री दिएको छ । भागेश्वर गाउँपालिका १ चुडी गाउँमा कक्षा ५ सम्मको नारायणी प्राथमिक विद्यालय छ । उक्त विद्यालयमा अध्ययनरत २१ र यस गाउँबाट पत्रम गाउँको विद्यालयमा अध्ययनरत दुई गरि २३ जना विद्यार्थीहरु लाई स्कुल ब्यागसंगै कपि, कलम र ज्यामेट्री बक्स दिईएको हो ।
बिहिबार रुडुकको कार्यालय तुफानडाडामा केन्द्रिय निर्देशक कृष्णकुमार श्रेष्ठले शैक्षिक सामाग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षकलाई उपलब्ध गराए । शैक्षिक सामाग्रीसंगै २५ थान रेनकोट पनि दिईएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिए ।
चुडी गाउँमा रुडुकले स्थापना गरेको महिला आर्थिक शसक्ति केन्द्रलाई १८ थान कुर्सीसमेत दिएको उनले बताए । केन्द्रले मासिक दुई पटक बैठक बस्दै महिला र समाजका मुद्दा उठानगरि सम्बिन्धित निकायसंग माग राख्दै आएको छ । केन्द्रका संयोजक कलापती ठकुराठीका अनुसार प्रत्येक बैठकमा सामान्य रकम संकलन गरि कोष स्थापना गरिएको छ । गाउँको समग्र विकासका लागि आवश्यक योजना वडा र गाउँपालिका समक्ष माग राख्दै आएको उनले बताईन ।
सडक सञ्जासंग नजोडिएको चुडी गाउँ दुर्गम भेग महाकाली नदी किनार माथि छ । केन्द्रले पाएका कुर्सी सामादयिक भवनमा राखिने र आवश्यकताका आधारमा प्रयोग गर्ने उनले बताईन । यस अघि केन्द्र एवं गाउँलाई रुडुकले उखु पेल्ने मेसिनसमेत उपलत्त गएको उनले सुनाईन । उखुखेती गरि गुड उत्पादन गर्न उखु पेल्न मेसिन मागका आधारमा रुडुकले उपलब्ध गराएको उनले बताईन ।